राजनीति

'चन्द्रमाबाट पहिले ग्रेट वाल देखिन्थ्यो, अहिले नेपालको ग्यासको लाइन देखिन्छ'

नेकपा एमालेका सांसद सोमनाथ पोर्तेलले सरकारका कारण जनताले सास्ती भोग्नुपरेको आरोप लगाएका छन्।

बुधबार राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले चन्द्रमाबाट पनि नेपालको ग्यासको लाइन देखिन थालेको भन्दै टिप्पणी गरे।

जनताले ग्यास र दाउरा समेत नपाएर ‘मलामी खाजा’  खाएर दिन काट्नुपर्ने अवस्था आएको बताउँदै उनले इन्डक्सन बाल्न पनि बिजुलीको भर नभएको आरोप लगाए।

उनले भने, ‘चन्द्रमाबाट हेर्दा चीनको ग्रेट वाल देखिन्थ्यो, अहिले त नेपालको ग्यासको लाइन पनि देखिन थाल्यो।’

यस्तै, उनले १८२ सिट ल्याएर १०० वटा काम गर्छु भनेको रास्वपा सरकारको मूल्याङ्कन गर्दा जनताले ‘डी’ ग्रेड दिने बताए।

प्रकाशित: ३ भाद्र २०८३ १५:०७ बुधबार