नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईंले रवि लामिछाने र बालेन साहबीचको सात बुँदे सहमतिलाई भागबण्डाको राजनीतिको संज्ञा दिएका छन्।
नाम नलिएर रवि प्रति लक्षित गर्दै उनले ७० लाख सहकारी पीडितको रगत–पसिनाले कमाएको रकम अझै न्यायको प्रतीक्षामा रहेको तर सत्ताको खेलमा पीडितको आँसु कहिल्यै एजेन्डा नबनेको बताए।
यस्तै दुर्गाले बालेनप्रति लक्षित गर्दै भने, 'पश्चिमा शक्तिहरूको डिजाइनमा सिंहदरबारदेखि सर्वोच्च अदालतसम्म फैलिएको आगो, निर्दोष बालबालिकाको ज्यान, हजारौँ घाइते नागरिक र ८२ खरबभन्दा बढीको राष्ट्रिय सम्पत्तिको ध्वंस? यी सबै केवल “राजनीतिक संक्रमण” का नाममा मेटिन मिल्दैनन्।'
यो पनि पढ्नुहोस्
रवि-बालेनलक्षित शंकरको टिप्पणी : नेपाललाई युक्रेनजस्तै अस्थिर बनाउने षड्यन्त्रको तयारी हुँदैछ
प्रधानमन्त्री र मन्त्रीमण्डलको कुर्सी मिल्दा न्याय, उत्तरदायित्व र नैतिकता भने फेरि हार्दै गएको उनको भनाइ छ।
देशलाई आफ्नो नम्बरी जग्गा सम्झेर सम्झौता गर्ने संस्कारलाई अब राजनीति भन्ने कि व्यापार भन्दै दुर्गाले प्रश्न समेत गरे।
उनले सामाजिक सञ्जालमा लेख्छन्, 'कालकोठरीभित्र बसेर अरूको डिजाइनमा देशको भविष्यसँग खेलिएको इतिहास हामीले बिर्सेका छैनौँ। पश्चिमा शक्तिहरूको डिजाइनमा सिंहदरबारदेखि सर्वोच्च अदालतसम्म फैलिएको आगो।'
यस्तो छ उनको स्टाटस:
भागबण्डाको राजनीति
देशलाई आफ्नो नम्बरी जग्गा सम्झेर सम्झौता गर्ने संस्कारलाई अब राजनीति भन्ने कि व्यापार?
सत्ता, पद र प्रभावको भागबण्डा मिल्दा देशको आत्मा भने फेरि एकपटक चोइटिएको छ।
७० लाख सहकारी पीडितको रगत–पसिनाले कमाएको रकम अझै न्यायको प्रतीक्षामा छ।
तर सत्ताको खेलमा पीडितको आँसु कहिल्यै एजेन्डा बन्दैन—किनकि आँसु भागबण्डामा अट्दैन।
कालकोठरीभित्र बसेर अरूको डिजाइनमा देशको भविष्यसँग खेलिएको इतिहास हामीले बिर्सेका छैनौँ। पश्चिमा शक्तिहरूको डिजाइनमा सिंहदरबारदेखि सर्वोच्च अदालतसम्म फैलिएको आगो,
निर्दोष बालबालिकाको ज्यान,
हजारौँ घाइते नागरिक,
र ८२ खरबभन्दा बढीको राष्ट्रिय सम्पत्तिको ध्वंस?
यी सबै केवल “राजनीतिक संक्रमण” का नाममा मेटिन मिल्दैनन्।
प्रधानमन्त्री र मन्त्रीमण्डलको कुर्सी मिल्दा
न्याय, उत्तरदायित्व र नैतिकता भने फेरि हार्दै गएका छन्।
नाटक राम्ररी मञ्चन भएको छ,
तर दर्शक जनता अब अन्धा छैनन्।
यो सन्देश विशेष गरी Gen Z र नयाँ पुस्ताका लागि हो !
राजनीति लाइभ, भाषण र ट्रेन्ड मात्र होइन,
यो देशको भविष्यको प्रश्न हो।
भागबण्डाको राजनीतिले देश बन्दैन, देश बचाउन चरित्र चाहिन्छ।
अब समय आएको छ—
व्यक्ति होइन, प्रणाली बदल्ने।
दल होइन, देश प्राथमिकतामा राख्ने।
डर होइन, सत्यका पक्षमा उभिने।
देश जोगाउन सबैजना एक भएर अघि बढौँ।
किनकि देश कसैको निजी सम्पत्ति होइन
यो हामी सबैको साझा जिम्मेवारी हो।
प्रकाशित: १३ पुस २०८२ ११:२६ आइतबार



