राजनीति

बाबुरामद्वारा रवि लामिछानेलाई जितको शुभकामना

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई प्रतिनिधिसभा सदस्य निर्वाचनमा अग्रता हासिल गरेपछि जितको शुभकामना दिएका छन्।   

डा भट्टराईले प्रारम्भिक मत परिणामअनुसार रास्वपा पक्षमा देशव्यापी जनलहर स्पष्ट भएको बताएका छन्। उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘ऐतिहासिक जेनजी विद्रोहपछिको विशिष्ट परिस्थितिमा सम्पन्न आमनिर्वाचनमा नवोदित दल रास्वपाको पक्षमा जनताको सक्रिय सहभागिता सुशासन र समृद्धिको आकांक्षाको स्पष्ट अभिव्यक्ति हो।’  

साथै देशमा लामो समयदेखि विद्यमान आन्तरिक राजनीतिक र बाह्य भूराजनीतिक चुनौतीहरू व्यवस्थापन गर्दै जनताका जायज आकांक्षाहरू छिटो पूरा हुनुपर्ने बताएका छन्।   

प्रकाशित: २२ फाल्गुन २०८२ १२:२९ शुक्रबार