राजनीति

गगनलाई गाली नगर्नू, केही भन्दै नभन्नू, त्यही ठूलो अपमान हो: शशांक कोइराला

नेपाली कांग्रेसका नेता डा शशांक कोइरालाले गगन थापालाई कुनै गाली नगर्न आफ्नो समूहका नेताहरूलाई आग्रह गरेका छन् ।  

उनले गगन थापाको महत्व घटाउन पनि उनीबारे केही भन्न नहुने बताए । गाली गरे थप महत्व बढ्ने बताउँदै उनले चर्चा नै नगर्नु उपर्युक्त हुने बताए ।  

उनले भने, ‘गगन थापालाई गाली नै गर्नुपर्दै । गाली गर्दा महत्व बढेको जस्तो हुन्छ ।चुपचाप लागिदिए स्वतः महत्त्व घट्छ ।’

काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले आफू कांग्रेसलाई एकताबद्ध बनाउने अभियानमा रहेको बताए।

कोइरालाले आफू पार्टी फुटाउने पक्षमा नरहेको तर एकताबद्ध बनाउने अभियानमा सधैँ उभिने दावी गरे । 

प्रकाशित: २५ श्रावण २०८३ १९:३७ सोमबार