राजनीति

एमालेमा जिम्मेवारी बाँडफाँट : कसलाई कुन प्रदेश संयोजक तोकियो ?

नेकपा एमालेले आफ्ना नेताहरूको कार्य विभाजन गरेको छ। आज बसेको सचिवालय बैठकले निर्वाचन केन्द्रित कार्य विभाजनलाई स्पष्ट र प्रभावकारी बनाउने उद्देश्यले देशभरका भूगोलको जिम्मेवारी बाँडफाँट गरेको हो।

सचिवालय बैठकले कोशी प्रदेशको संयोजकमा शेरधन राई, मधेश लीलानाथ श्रेष्ठ, बागमती महेश बस्नेत, राजधानी डा. राजन भट्टराई, गण्डकी खगराज अधिकारी, कर्णाली यामलाल कँडेल र सुदूरपश्चिम गणेश ठगुन्नालाई तोकेको छ।

यसैगरी, संगठन विभागको स‌ंयोजक भानुभक्त ढकाललाई तोकिएको छ।

नेकपा एमालेले फागनु २१ गते हुने प्रतिनिधिसभा चुनावका लागि उपाध्यक्ष रामबहादुर थापा ‘बादल’लाई चुनावी कमान्डर बनाएको छ।

प्रकाशित: २२ पुस २०८२ १४:०३ मंगलबार