राजनीति

संसद विघटन प्राप्त उपलब्धि समाप्त पार्ने षडयन्त्र: माओवादी

फाइल तस्बिर

नेकपा माओवादी केन्द्रले संसद विघटन प्राप्त उपलब्धि समाप्त पार्ने खेल भएको आरोप लगाएको छ ।  

माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले यो गम्भिर षडयन्त्र भएको भन्दै पार्टी संसद विघटनको विपक्षमा उभिने बताए । ‘प्रतिनिधि सभा विघटन गर्नु लोकतन्त्रप्रतिको गम्भीर आघात हो । पार्टीले यसको विरोध गर्नेछ । प्रतिनिधि सभा विघटनले राज्यलाई अस्थिरतातर्फ र प्राप्त उपलब्धिको समाप्ति गर्नेतिर षड्यन्त्र भएको हुँदा पार्टी त्यसको विरोधमा उत्रिने छ,’ उनले भने ।

'जननिर्वाचित सर्वोच्च संस्था विघटन गर्नु लोकतन्त्रप्रतिको गम्भीर आघात हो । लोकतन्त्रमा जनताको सार्वभौम मतको अभिव्यक्ति हुनुपर्छ । पछिल्लो पटक प्रकट भएको जनमतको आधारमा बनेको प्रतिनिधि संस्था विघटन हुनु भनेको राज्यलाई अस्थिरतातिर, प्राप्त उपलब्धिहरुको समाप्ति गर्नेतिर गम्भीर षड्यन्त्र भएको हुँदा त्यसको विपक्षमा, विरोधमा नेकपा(माओवादी केन्द्र) पदाधिकारी बैठकले निर्णय गरेर उभिने र सम्पूर्ण जनतालाई अपील गर्ने भएको छ,' उनले भने ।

प्रकाशित: २७ भाद्र २०८२ २१:५५ शुक्रबार