राजनीति

नेपाल ऐनको व्यवस्था जगाउने विधेयक २०८३ पेश

प्रतिनिधिसभाको मंगलबारको बैठकमा ‘केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक, २०८३’ माथि छलफल भएको छ। 

आज बसेको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले उक्त विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेकी छन्। 

मन्त्री गौतमले विधेयकमाथि प्रतिनिधिसभामा छलफल अघि बढाउन प्रस्ताव प्रस्तुत गरेकी हुन्। बैठकमा उक्त प्रस्तावमाथि सांसदहरूले धारणा राख्ने क्रम अघि बढेको छ। 

प्रकाशित: १३ आश्विन २०८३ १२:०२ मंगलबार