राजनीति

प्रदेश सभा बैठकमा सभामुखमाथि अविश्वासको प्रस्तावबारे छलफल

मधेस प्रदेश सभा बैठकमा सभामुखमाथि अविश्वासको प्रस्तावबारे छलफल सुरु भएको छ । प्रदेशसभाका सचिव वासुप्रसाद कोइराला जनकपुरधाम पुगेर बैठक सञ्चालन गरेका हुन् ।  

मधेस प्रदेश सभामा सभामुख रामचन्द्र मण्डलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता हुँदा सचिव कोइराला भने बिदामा थिए । आजको बैठकमा सभामुखविरुद्धको अविश्वास प्रस्तावमाथि छलफल गराउने कार्यसूची छ ।

दिउँसो १ बजेलाई उपसभामुख बबिता राउत ईशरले बैठक आह्वान गरे पनि बैठक सञ्चालन गर्न सचिव नहुँदा भर्खरै मात्र सुरू भएको छ ।

काठमाडौं-जनकपुरको उडान ढिलाइ हुँदा आइपुग्न ढिलाइ भएको कोइरालाले बताएका छन् । उनलाई नेपाली कम्युनिष्ट पार्टीका संसदीय दलका नेता भरत साहले आफ्नो गाडीमा बसाएर प्रदेश सभा लगेका थिए ।

बैठकमा सात दलका सबै प्रदेश सभा सदस्य उपस्थित छन भने नेकपा एमालेका एक जना शारदा थापा मात्र अहिलेसम्म उपस्थित छन् ।

प्रकाशित: ३ मंसिर २०८२ १५:५६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App