राप्रपा छाडेर जय नेपाल पार्टी गठन गरेका धवलशम्शेर राणाले पूर्वराजा ज्ञानेन्द्र शाहसँग भेटवार्ता गरेका छन्।
शनिबार ‘हिमानी ट्रस्ट’को कार्यक्रमपछि राणाले पूर्वराजा शाहसँग भेटवार्ता गरेको उनले जानकारी दिएका छन्।
भेटवार्ताको तस्बिर राणाले आइतबार बिहान सामाजिक संजाल फेसबुकमार्फत सार्वजनिक गरेका छन्। राणाले उक्त भेटलाई फलदायी रहेको पनि बताएका छन्।
प्रकाशित: ७ भाद्र २०८३ ०८:२० आइतबार



