राजनीति

ढकालले दायर गरेको रिट हेर्न नभ्याइने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महामन्त्री पदको विषयमा डा. मुकुल ढकालले दायर गरेको रिट हेर्न नभ्याइनेमा परेको छ।

सर्वोच्च अदालतले दुवै पक्षलाई छलफलमा बोलाएकामा ढकालको मुद्दा हेर्न नभ्याइनेमा परेको हो। ढकालले आफू नै महामन्त्री रहेको दाबी गर्दै सोही हैसियतमा काम गर्न पाउनुपर्ने माग गरेका छन्।

बुधबार (आज) न्यायाधीशद्वय शारङ्गा सुवेदी र शान्तिसिंह थापाको इजलासमा पेसी तोकिएको थियो। इजलासमा २७ वटा मुद्दाको पेसी तोकिएकोमा मुकुलको रिट गोला प्रथामा २० औँ नम्बरमा परेको थियो।

आज इजलासले ८ वटा मुद्दा हेरेकामा अन्य मुद्दा हेर्न नभ्याइनेमा परेका हुन्। यसअघि गत असार १२ गते उक्त रिटमाथि न्यायाधीश कुमार रेग्मीको इजलासले कारण देखाऊ आदेश जारी गर्दै अन्तरिम आदेशका लागि दुवै पक्षलाई छलफलमा बोलाएको थियो।

प्रकाशित: २५ असार २०८२ १८:१४ बुधबार

#mukuldhakal #Nagariknews