राजनीति

निर्वाचन कार्यतालिका स्थगनको माग गर्दै देउवा पक्ष आयोगमा

फाइल तस्बिर

नेपाली कांग्रेसको निवर्तमान सभापति शेरबहादुर देउवा पक्ष निर्वाचन आयोग पुगेको छ। 

निर्वाचन कार्यतालिका स्थगनको माग गर्दै देउवा पक्ष आयोग पुगेको नेता मीन विश्वकर्माले जानकारी दिए। आयोगले प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको उम्मदवारी दर्ता गर्ने मिति  माघ ६ गतेसम्म तोकेको छ। 

यसैबिच, कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कार्यसमितिलाई आयोगले आधिकारिकता मान्यता दिएपछि देउवा पक्ष सोविरुद्ध रिट लिएर सर्वोच्च अदालत पुगेको छ। रिटको पेसी माघ ६ गतेलाई तोकिएको छ।

प्रकाशित: ४ माघ २०८२ १३:४३ आइतबार