राजनीति

महंगीदेखि सरकारको कामबारे धारणा राख्दै सकियो देउवा पक्षको भेला

नेपाली कांग्रेसको निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का नेतृत्वको भेलाले ११ बुँदे निर्णय गरेको छ।  

मंगलबार र बुधबार काठमाडौंमा भएको भेलाले पार्टी कमजोर हुनुको कारणदेखि सरकारका गतिविधिबारे छलफल गरेको छ। सर्वोच्च अदालतले गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई मान्यता दिएकाले नेतृत्व स्वीकार गरेको खड्काले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।  

उनले कांग्रेस विशेष महाधिवेशन र नियमित महाधिवेशनको विवादमा पर्दा निर्वाचनमा ऐतिहासिक क्षति व्यहोर्नुपरेको बताए।  

योसँगै सरकारले गरेको विद्यार्थी संगठन, ट्रेड युनियन खारेज लागयतका निर्णयलाई उनले अलोकतान्त्रिक निर्णय भन्दै त्यसको विरोध गरेका छन्। 

प्रकाशित: १७ वैशाख २०८३ १७:२७ बिहीबार