राजनीति

देउवा पक्षीय कांग्रेस नेता आन्तरिक छलफलमा

नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षधर नेता आन्तरिक छलफलमा जुटेका छन् ।  

पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेपछि संस्थापन इतरका नेताहरू छलफलमा जुटेका छन्। पार्टीले अहिलेसम्म कुनै धारणा सार्वजनिक नगरेपछि इत्तरपक्ष छलफलमा जुटेको हो ।  

 

जारी छलफलको संयोजक पूर्वकार्यबाहक सभापति पूर्णबहादुर खड्काले गरेका छन्। छलफलमा डा शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधिलगायतका नेता छन् ।  

आज पूर्वप्रधानमन्त्री केपी ओली र पूर्वगृहमन्त्री लेखकलाई प्रहरीले पक्राउ गरेको थियो। एमालेले पक्राउको विरोधमा सडक प्रदर्शनमा उत्रिएको भएपनि कांग्रेसले अहिलेसम्म कुनै धारणा सार्वजनिक गरेको छैन ।

प्रकाशित: १४ चैत्र २०८२ १६:२८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App