राजनीति

कांग्रेसको महाधिवेशन रोक्न देउवा र खड्काले दर्ता गराए निवेदन,११ गते पेसी

नेपाली कांग्रेसको महाधिवेशन रोक्न माग गर्दै निवर्तमान शेरबहादुर देउवा समूहले सर्वोच्च अदालतमा निवेदन दर्ता गराएको छ।

पार्टीका १५ औँ महाधिवेशन प्रक्रिया रोक्न देउवा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले छुट्टाछुट्टै निवेदन दर्ता गराएका हुन्।

देउवाको वारेस भएर कांग्रेस नेता दीपक खड्का र खड्काको वारेस भएर अधिवक्ता श्रवणकुमारले सोमबार निवेदन दर्ता गराएका हुन्।

उक्त निवेदनमाथि भदौ ११ गते पेशी तोकिएको छ। यसअघि सर्वोच्च अदालतले कांग्रेसको विशेष महाधिवेशनको विवादमा पुनरावलोकनका निस्सा दिएको थियो। 

सर्वोच्चमा मुद्दा विचाराधीन रहँदा नै कांग्रेसले असोज १६–१९ मा महाधिवेशन गर्ने गरी प्रक्रिया अघि बढाएको छ।

प्रकाशित: ९ भाद्र २०८३ १३:०५ मंगलबार