नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक भोलि (शुक्रबार) बस्दै छ।
बैठकको अध्यक्षता उपसभापति विश्वप्रकाश शर्माले गर्ने भएका छन्। पार्टी सभापति गगन थापाले राजीनामा दिएपछि उपसभापति शर्माको अध्यक्षतामा बैठक बस्ने भएको हो।
भोलिको बैठकमा थापाको राजीनामाबारे छलफल हुने बताइएको छ। उक्त बैठकले थापाको राजीनामा अस्वीकृत गर्ने र राजीनामा फिर्ता लिन आग्रह गर्ने छ।
समितिको बैठक ललितपुरको सानेपास्थित बीपी स्मृति भवनमा भोलि दिउँसो १ बजे बैठक बस्नेछ।
प्रकाशित: ५ चैत्र २०८२ ०९:१८ बिहीबार