नेकपा एमाले अध्यक्षसमेत रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेको विरुद्धमा जिल्ला कमिटी धनुषाले विरोध प्रदर्शन गरेका छन् । एमालेका नेताकार्यकर्ताले उनको रिहाइको माग गर्दै प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुइँटेल समक्ष ज्ञपानपत्र बुझाइएको हो ।
आइतबार जनकपुरधामस्थित जिल्ला पार्टी कार्यालयबाट निकालिएको मोटरसाईकल र्यालीसहित जिल्ला प्रशासन कार्यालय पुगेका एमाले नेताकार्यकर्ताले जिल्ला अधिकारलाई ज्ञपानपत्र बुझाएपछि उनीहरू उपमहानगरको रिङ्गरोडमा प्रदर्शन गरेका हुन् ।
एमाले धनुषाका जिल्ला अध्यक्ष भोला यादवले ज्ञापन पत्र बुझाउँदै तत्काल पूर्वप्रधानमन्त्री ओलीलाई रिहाइ गर्न सरकारसँग माग गरेका छन् ।
पूर्वप्रधानमन्त्रीलाई रिहाइ गर, गृहमन्त्रीलाई बर्खास्त गर, गौरीबहादुर कार्कीको प्रतिवेदन खारेज गर, बहालवाला न्यायधिशको नेतृत्वमा जेन–जी आन्दोलनको क्रममा भएको घटनाको छानबिन गर्न एमालेले माग गरेको छ ।
नेकपा एमालेको केन्द्रिय निर्देशन अनुसार जिल्ला कमिटीले धनुषाले ओलीको रिहाई माग गर्दै प्रदर्शन गरेका थिए ।
प्रकाशित: १५ चैत्र २०८२ १६:४७ आइतबार