राजनीति

सुकुम्बासीको नाममा घरबस्ती भत्काउनु भनेकै नेपाल भत्काउनु हो : हर्क

श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्क साम्पाङले सुकुम्बासीको नाममा घरबस्ती भत्काउनु भनेकै नेपाल भत्काउनु भएको भनाइ राखेका छन्।

सामाजिक सञ्जालमा लेख्दै उनले उक्त भनाइ राखेका हुन्। उनले घरबस्ती भनेकै नेपाल भएको बताए।

'घरबस्ती भनेकै नेपाल हो। सुकुम्बासीको नाममा, बाटोको नाममा, कहिले के कहिले केको नाममा घरबस्ती भत्काउनु भनेकै नेपाल भत्काउनु हो,' साम्पाङले लेखेका छन्।

प्रकाशित: २८ वैशाख २०८३ १०:२९ सोमबार