राजनीति

सीमा विवादमा तेश्रो पक्षको संलग्नताको माग गर्नु देश मेट्ने नव जेलेनस्की पथ नै हो : बास्कोटा

नेकपा एमालेका नेता गोकुल बास्कोटाले सोमबार संघीय संसद्‍मा सीमाबारे प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्तिप्रति टिप्पणी गरेका छन्।

उनले दुई राष्ट्रबिचको सीमा विवादमा तेश्रो राष्ट्रको संलग्नताको माग गर्नु देश मेट्ने नव जेलेनस्की पथ नै भएको बताएका छन्।

यस्तै, बास्कोटाले नेपाल-भारतबिच सीमा विवाद रहेको बताउँदै यसको समाधानको आधार ऐतिहासिक दशी प्रमाण हुने भनाइ राखे।

'लुसीफर मिथक हो। कुडभिन कुईस्लिङ सत्य हो। र, त्यो कोही नबनोस। नेपाल-भारतबिच सीमा विवाद छन्। तिनको समाधानको आधार ऐतिहासिक दशी प्रमाण हुन्। समाधानको बाटो कूटनीति नै हो। निष्कर्ष तथ्य स्वीकार्ने साहस हो,' उनले सामाजिक सञ्जालमा लेख्छन्, 'तेश्रो पक्षको संलग्नताको माग हो भने त्यो प्रकारान्तरमा देश मेट्ने नव जेलनस्की पथ नै हो।'

प्रकाशित: १८ जेष्ठ २०८३ ०९:४९ सोमबार