राजनीति

प्रतिनिधि सभा कार्यसञ्चालन नियमावली समितिमै फिर्ता पठाउन माग

नेपाली कांग्रेसका सचेतक निश्कल राईले प्रतिनिधि सभा कार्यसञ्चालन नियमावली समितिमै फिर्ता पठाउन माग गरेका छन् । 

प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै राईले नियमावलीलाई संविधान र कानुन विपरीत विशेष कानुन बनाउने प्रावधान राखिएको भन्दै फिर्ता पठाउन माग गरेका हुन् ।

छलफल र पुनःलेखन गरेर मात्र अघि बढाउन माग गर्दै अहिलेकै अवस्थामा नियमावली संसद् बैठकमा टेबुल नगर्न उनले माग गरेका छन् । 

प्रकाशित: २८ वैशाख २०८३ १४:३९ सोमबार