झापाको दमक ९ आदर्श मंगल टोलका बासिन्दाले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग कर प्रणालीलाई सुधार गर्न माग गरेका छन्।
शनिबार मतदातासँगको भेटका लागि ओली पुग्दा स्थानीयवासी तथा व्यवसायीहरूले कर प्रणालीलाई सेवाग्राहीमैत्री बनाइ एकद्वारबाट भुक्तानीको व्यवस्था मिलाउन माग गरेका हुन्। एउटै उद्यमी तथा व्यवसायीले दर्ता, नवीकरण तथा कर भुक्तानीका लागि अनेकौँ कार्यालय धाउँदा स्वदेशमानै उद्यमी बन्न निरुत्साही हुनु परेको उनीहरूको भनाइ छ।
झापा क्षेत्र नं. ५ का उम्मेदवार समेत रहेका एमाले अध्यक्ष ओलीले दमक ४ कञ्चनजंघा टोलका मतदाताहरूसँग समेत भेटघाट गरेका छन्। उनी हाल आफ्नै निर्वाचन क्षेत्रका मतदाताहरूसँगको भेटमा सक्रिय रहेका छन्।
प्रकाशित: १६ फाल्गुन २०८२ १४:२७ शनिबार