राजनीति

सर्पदंशको उपचार प्रभावकारी बनाउन माग

कोशी प्रदेशकी सांसद कमला थापा मगरले सर्पदंशको उपचार प्रभावकारी बनाउन माग गरेकी छिन्।

शुक्रबारे प्रदेशसभा बैठकको शून्य समयमा बोल्दै सांसद मगरले सर्पदंशको उपचार प्रभावकारी बनाउन माग गरेकी हुन्।

झापा जिल्लामा मात्रै वैशाख देखि यता सर्पदंशबाट चार जनाको मृत्यु हुनुका साथै एक जना घाइते भएको सांसद मगरले बताइन्।

पालिकाहरूमा सर्पदंश उपचार केन्द्रहरू नहुँदा सर्पदंशबाट ज्यान जाने अवस्था आइरहेको उनले बताइन्। मगरले हरेक पालिकामा सर्पदंश उपचार केन्द्र स्थापना गर्न  र सर्पदंशको उपचार प्रभावकारी बनाउन सरकारसँग माग गरिन्।

मगरले भनिन्,‘सर्पदंशका कारण ज्यान जाने अवस्था आउन नदिन हरेक पालिकामा सर्पदंश उपचार केन्द्र स्थापना गर्न माग गर्दछु।’ 

मगरका अनुसार झापामा साउन महिनामा मात्रै दुई जनाको सर्पदंशका कारण मृत्यु भएको थियो। 

प्रकाशित: ५ भाद्र २०८३ १४:४६ शुक्रबार