राजनीति

ओली र लेखकलाई १० दिन हिरासतमा राख्न माग, अदालतमा बहस जारी

प्रहरीले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतसँग अनुमति मागेको छ। सरकारी वकिल कार्यालयले म्याद थपका लागि दुवैलाई अदालतमा पेस गरेको हो।

स्वास्थ्यका कारण ओलीलाई शिक्षण अस्पतालबाट भिडियो कन्फरेन्स मार्फत उपस्थित गराइएको छ भने लेखक भौतिक रूपमा उपस्थित छन्। जिल्ला अदालत काठमाडौंका न्यायाधीश आनन्दप्रसाद श्रेष्ठको इजलासमा दुवै पक्षका वकिलहरूले बहस गरिरहेका छन्।

गत भदौमा भएको ‘जेनजी आन्दोलन’ दमन प्रकरणमा जाँचबुझ आयोगको सिफारिसमा उनीहरूलाई शनिबार पक्राउ गरिएको थियो। अदालतले म्याद थप गर्ने वा नगर्ने भन्नेबारे आजै निर्णय दिनेछ। 

प्रकाशित: १५ चैत्र २०८२ १३:५४ आइतबार