राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद करिश्मा कठरियाले किसानको धान सरकारले तोकेको न्यूनतम समर्थन मूल्यमा खरिद गर्ने ग्यारेन्टी गर्न सरकारको ध्यानाकर्षण गराएकी छन्।
सोमबार प्रतिनिधिसभामा बोल्दै उनले हरेक वर्ष किसानले मल अभाव र प्राकृतिक विपत्तिको समस्या भोग्दै आएको बताइन्। यसपालि पनि समयमै रासायनिक मल नपाउँदा उत्पादन घट्ने अवस्था रहेको र अविरल वर्षा तथा बाढीले पाक्न लागेको धानमा क्षति पुगेको बताइन्।
सांसद कठरियाले सरकारले धान नकिन्दा किसानले न्यूनतम समर्थन मूल्यसमेत नपाउने अवस्था रहेको बताइन्। उनले स्थानीय तहसँग समन्वय गरी किसानको धान राज्यले तोकेको न्यूनतम समर्थन मूल्यमा शतप्रतिशत खरिद गर्ने ग्यारेन्टी गर्न सरकारको ध्यानाकर्षण गराएकी हुन्।
प्रकाशित: १२ आश्विन २०८३ १३:०० सोमबार