नेपाली कांग्रेसका नेता एवं पूर्वऊर्जामन्त्री दीपक खड्काले खड्का ल्याण्डमा आफ्नो स्वामित्व नरहेको दाबी गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत विज्ञप्ति राख्दै भने, 'खड्का ल्याण्डसँग मेरो कुनै स्वामित्व छैन। सत्य र तथ्य समाचार प्रकाशित गर्न सबैमा अनुरोध गर्दछु।'
उनले आफू हरेक कुरामा पारदर्शी र जवाफदेही रहेको बताए। साथै केही समूहले राजनीतिक प्रतिशोध साँध्ने र चरित्र हत्या गर्ने उद्देश्यले स्काउटसँग आफ्नो नाम जोडेर प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्।
'म खुल्ला किताब हुँ। हरेक कुरामा पारदर्शी र जवाफदेही छु। राजनीतिक प्रतिशोध साँध्ने र चरित्र हत्या गर्ने उद्देश्यले स्काउटसँग मेरो नाम जोडेर प्रकाशित समाचारप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ,' उनी थप लेख्छन्।
खड्का ल्याण्डले लामो समयदेखि काठमाडौं लैनचौरस्थित नेपाल स्काउटको जग्गामा संरचना बनााएर जग्गाको भाडासमेत नतिरेर बसेको थियो। भाडा नतिर्ने र संरचना पनि खाली नगरेपछि हिजो (बिहीबार) युवा तथा खेलकुद मन्त्रालयले काठमाडौं महानगरको सहायता लिएर खाली गराएको छ। महानगरले खड्का ल्याण्डका त्यहाँ रहेका संरचनामा डोजर चलाएको थियो।
यो पनि पढ्नुहोस्
नेपाल स्काउटको जग्गामा पूर्वऊर्जामन्त्री खड्काले बनाएका संरचनामा महानगरको डोजर (फोटोफिचर)प्रकाशित: २८ कार्तिक २०८२ ०७:३६ शुक्रबार



