भदौ २३ र २४ गतेको आन्दोलनमा ज्यान गुमाएका जेन–जी शहीद परिवारका सदस्यलाई रोजगारी दिने निर्णय कार्यान्वयनमा आएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्रीको जिम्मेवारी सम्हाल्दै आएका कुलमान घिसिङको अध्यक्षतामा गत पुस २२ गते नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिले शहीद परिवारका सदस्यलाई रोजगारी दिने निर्णय गरेको थियो।
जेन–जी शहीद परिवारका २७ जनाले पेश गरेको निवेदनको आधारमा उनीहरूको योग्यताअनुसार र प्राधिकरण कार्यालयहरूको आवश्यकता अनुसार अधिकतम तीन तहसम्म करार नियुक्ति दिने व्यवस्था गरिएको छ।
सरकार र जेन–जी आन्दोलनका प्रतिनिधिबीच भएको सम्झौता, मन्त्रिपरिषद्बाट स्वीकृत सहायता कार्यविधि र शहीद परिवारका सदस्यहरूको निवेदनलाई आधार मान्दै यो निर्णय गरिएको छ।
प्रकाशित: १५ चैत्र २०८२ १४:५० आइतबार