राजनीति

प्रिय जेन-जी सुशासन कायम हुने नै छ: प्रधानमन्त्री

प्रधानमन्त्री बालेन्द्र शाह ले जेन-जी आन्दोलनको मूल मर्मअनुसार मुलुकमा सुशासन कायम गरेरै छाड्ने प्रतिबद्धता दोहोर्‍याएका छन्।

ऐतिहासिक आन्दोलनको एक वर्ष पूरा भएको सन्दर्भमा सामाजिक सञ्जालमार्फत नयाँ पुस्तालाई सम्बोधन गर्दै उनले सहिदहरूप्रति श्रद्धाञ्जली अर्पणसमेत गरेका छन्।

प्रधानमन्त्री शाहले युवा पुस्तालाई आश्वस्त पार्दै लेखेका छन्-

‘प्रिय जेन-जी,
सुशासन कायम हुने नै छ,
सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली।’

प्रकाशित: २३ भाद्र २०८३ १९:४९ मंगलबार