राजनीति

दानबहादुर कार्कीको पेसी कात्तिक ३० गते

निवर्तमान प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको रिटमा पेसी तोकिएको छ। शुक्रबार सर्वोच्च अदालतमा दर्ता भएको रिटमाथि कात्तिक ३० गते पेसी तोकिएको छ।

सरकारले आफूलाई गैरकानूनी तवरले जिम्मेवारीबाट हटाइएको भन्दै कार्कीले पुनर्वहालीको माग गर्दै बिहीबार रिट दायर गरेका थिए। रिटमाथि अध्धयन गर्न बाँकी रहेको भन्दै बिहीबार रिट दर्ता भएको थिएन।

सामान्यतया रिट दर्ता भएको भोलिपल्टदेखि नै पेसी तोक्ने चलन छ। तर, शनिबारदेखि २५ गते बुधबारसम्म तिहार बिदा भएका कारण तिहारपछि पेसी तोकिएको हो।

सरकारले कार्कीलाई प्रहरी महानिरीक्षक पदबाट हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारको जिम्मेवारी दिएको छ।

प्रकाशित: २० कार्तिक २०८३ १४:०७ शुक्रबार