राजनीति

रवि भेट्न नख्खु कारागार जाँदै दाहाल

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले आज (बुधबार) साँझ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई भेट्ने भएका छन्।

सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि नख्खु कारागारमा रहेका लामिछानेलाई भेट्न दाहाल साँझ ६ बजे त्यसतर्फ जान लागेका हुन्।

रास्वपाका प्रवक्ता मनिष झाले भेटवार्ता हुन लागेको पुष्टि गरे। उनका अनुसार, अध्यक्ष दाहालले साँझ ६ बजे सभापति लामिछानेलाई कारागारमै गएर भेट्ने कार्यक्रम तय भएको छ।

प्रकाशित: ४ भाद्र २०८२ १६:१६ बुधबार