राजनीति

दाहालको दाबी: हावा कुरा गर्ने केपीलाई छोडेर सबै यतै आउँछन्

फाइल तस्बिर।

नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले नेकपा (एमाले) मा अब अध्यक्ष केपी शर्मा ओली एक्लै हुने दाबी गरेका छन्।

ओलीले हावादारी कुरा गर्ने गरेको आरोप लगाउँदै दाहालले एमालेका सबै नेताहरू आफ्नो नेतृत्वमा बनेको नयाँ पार्टीमा समाहित हुने भविष्यवाणी गरेका हुन्।

बुधबार नेता भीम रावल नेतृत्वको ‘मातृभूमि जागरण अभियान’ लाई आफ्नो पार्टीमा समाहित गर्ने कार्यक्रमपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै संयोजक दाहालले कम्युनिष्ट ध्रुवीकरणको प्रक्रिया तीव्र गतिमा अघि बढेको सुनाए।

‘१२ वटा समूह एक ठाउँमा आइसकेका छौँ,’ दाहालले भने, ‘केपीले हावा कुरा गर्छन्, एमाले छोडेर सबै यता आउँछन्।’

गत कात्तिक १९ गते नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) लगायत १० दल मिलेर ‘नेपाली कम्युनिष्ट पार्टी’ घोषणा गरेका थिए।

बुधबार भीम रावलको समूहसमेत जोडिएसँगै यो मोर्चा थप विस्तारित भएको छ।

प्रकाशित: २६ कार्तिक २०८२ १५:३६ बुधबार