राजनीति

पदाधिकारीको संख्या कटौतीको प्रस्तावसहित नेकपा एमालेको पोलिटब्युरो बैठक जारी

नेकपा (एमाले) को पोलिटब्युरो बैठक बसिरहेको छ । ललितपुरको च्यासलमा रहेको पार्टी मुख्यालयमा जारी बैठकले विधान संशोधन प्रस्तावमाथि छलफल र निर्णय गर्नेछ ।  

बिहीबार मध्यरातसम्म चलेको सचिवालय बैठकले १९ सदस्यीय पदाधिकारीलाई १५ जनामा सीमित गर्ने अनौपचारिक सहमति गरेको छ । सोही प्रस्तावबारे ९९ सदस्यीय पोलिटब्युरोले निर्णय गर्नेछ । 

वरिष्ठ उपाध्यक्ष र उपमहासचिवको संख्या कटौती गर्दै एमालेले अध्यक्ष, महासचिव र उपमहासचिव एकएक, उपाध्यक्ष ५ जना र सचिव ७ जना राख्ने प्रस्ताव गरेको हो । 

यस्तै एमालेले केन्द्रीय कमिटी २५१ सदस्यीय बनाउने निर्णय गरेका छ । विधान अनुसार, केन्द्रीय कमिटीको एक तिहाइ अर्थात् ८३ सदस्य पोलिटब्युरो हुनेछ ।

प्रकाशित: २ श्रावण २०८२ १५:२८ शुक्रबार

#NagarikNews #NepaliNews #uml