नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना जारी रहेको छ। कुल ७ हजार ४३ मत खसेकोमा २ हजार २३१ मत गणना हुँदा विभिन्न पदका उम्मेदवारले मत प्राप्त गरेका छन्।
उपसभापति (खुला) तर्फ चन्द्रकान्त भण्डारीको अग्रता
खुलातर्फ दुई जना उपसभापति निर्वाचित हुने व्यवस्थाअनुसार डा. चन्द्रकान्त भण्डारीले १ हजार ५७ मत प्राप्त गर्दै अग्रता लिएका छन्। ई. मधु आचार्य ७१२ मतसहित दोस्रो स्थानमा छन्।
अन्य उम्मेदवारमध्ये सुरेन्द्रराज पाण्डेले ६८०, गोविन्द भट्टराईले ६०९, धनराज गुरुङले ४०६, दीपक गिरीले ३०१ र प्रा. डा. चन्द्रमोहन यादवले १९३ मत प्राप्त गरेका छन्।
उपसभापति (समावेशी) मा विनोद चौधरी अगाडि
समावेशीतर्फ एक जना उपसभापतिका लागि भएको प्रतिस्पर्धामा विनोद कुमार चौधरीले ६१५ मत प्राप्त गर्दै अग्रता कायम गरेका छन्। जीवन परियारले ५७८, सीता गुरुङले ३३४, फरमुल्लाह मन्सुरले २८५ र रञ्जित कर्णले १८३ मत प्राप्त गरेका छन्।
महामन्त्री (खुला) मा प्रदीप पौडेलको फराकिलो अग्रता
खुलातर्फ दुई जना महामन्त्री निर्वाचित हुने प्रतिस्पर्धामा प्रदीप पौडेलले सर्वाधिक १ हजार ३८१ मत प्राप्त गरेका छन्। उदय शम्शेर राणा ७८६ मतसहित दोस्रो स्थानमा छन्।
अन्य उम्मेदवारमध्ये अमरसिंह पुनले ६९५, डा. सुनिल कुमार शर्माले ५२६, गुरुराज घिमिरेले ३२८, नैनसिंह महरले २७०, शंकर तिवारीले ४६ र डा. सन्तोष उपाध्यायले २८ मत प्राप्त गरेका छन्।
महिला महामन्त्रीमा डिला संग्रौला अगाडि
महिला महामन्त्रीतर्फ डा. डिला संग्रौला (पन्त) ले ९६५ मत प्राप्त गर्दै अग्रता लिएकी छन्। महालक्ष्मी उपाध्याय (डिना) ले ९५२ मत प्राप्त गरेकी छन्। उनीहरूबीच १३ मतको अन्तर रहेको छ। रिता खनालले २५१ मत प्राप्त गरेकी छन्।
मतगणना जारी रहेकाले उम्मेदवारहरूको मतपरिणाममा थप परिवर्तन हुन सक्नेछ। अन्तिम नतिजाका लागि मतगणना सम्पन्न हुन बाँकी छ।
कांग्रेस महाधिवेशनमम कूल खसेको मत : ७०४३
गणना : २२३१ मा
उपसभापति (खुल्ला-२ जना)
१. गोविन्द भट्टराई - ६०९
२. डा. चन्द्रकान्त भण्डारी - १०५७
३. प्रा. डा. चन्द्रमोहन यादव - १९३
४. दीपक गिरी - ३०१
५. धनराज गुरुङ्ग - ४०६
६. ई. मधु आचार्य - ७१२
७. सुरेन्द्रराज पाण्डे - ६८०
उपसभापति (समावेशी-१ जना)
१. जीवन परियार - ५७८
२. फरमुल्लाह मन्सुर -२८५
३. विनोद कुमार चौधरी - ६१५
४. रञ्जित कर्ण -१८३
५. सीता गुरुङ्ग - ३३४
महामन्त्री (खुल्ला- २ जना )
१. अमरसिंह पुन - ६९५
२. उदय शम्शेर राणा - ७८६
३. गुरुराज घिमिरे - ३२८
४. नैनसिंह महर - २७०
५. प्रदीप पौडेल - १३८१
६. शंकर तिवारी - ४६
७. डा. सन्तोष उपाध्याय - २८
८. डा. सुनिल कुमार शर्मा - ५२६
महामन्त्री (महिला-१ जना)
१. डा. डिला संग्रौला (पन्त)- ९६५
२. महालक्ष्मी उपाध्याय (डिना) - ९५२
३. रिता खनाल - २५१
प्रकाशित: २५ आश्विन २०८३ १३:४४ आइतबार