राजनीति

कैलाली १ मा मतगणना जारी, रुखले लियो अग्रता

प्रतिनिधि सभा सदस्य निर्वाचनमा कैलाली जिल्लाको क्षेत्र नम्बर १ मा मतगणना जारी रहेको छ। हाल जानकी गाउँपालिकाको मतगणना भइरहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। 

हालसम्म १ हजार १६४ मत गणना हुँदा नेपाली कांग्रेसको चुनाव चिह्न रुख ले ३४८ मतसहित अग्रता लिएको छ।  

त्यसैगरी जनमत पार्टीको चुनाव चिह्न ढिक्की ले २४१ मत प्राप्त गरेको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिह्न घण्टी ले १९९ मत प्राप्त गरेको छ।  

प्रकाशित: २२ फाल्गुन २०८२ ०८:१२ शुक्रबार