राजनीति

रुकुम पश्चिममा १६४ मत बढी फेला परेपछि गणना रोकियो

रुकुम पश्चिममा मतगणना कार्य रोकिएको छ।  

चौरजहारी नगरपालिका वडा नम्वर १, ३ र ५ को मतगणना गर्दा खसेको मत भन्दा १६४ मत बढी फेला परेपछि शनिबार बिहान देखि गणना रोकिएको हो।

पछिल्लो गणनाअनुसार यहाँ प्रगतीशिल लोकतान्त्रिक पाटीका जनार्दन शर्मालाई पछि पार्दै नेपाली कम्युनिष्ट पाटी (नेकपा)का गोपाल शर्माले अग्रता लिएका थिए।  

नेकपाका शर्माले ७ हजार २७२ मत प्राप्त गर्दा प्रलोपाका शर्माले ५ हजार १६० मत ल्याएका थिए। उनीहरु बिचको मतान्तर २ हजार ११२ रहेको छ।

त्यस्तै कांगे्रसका राजु केसीले ४ हजार८४२ मत ल्याउँदा रास्वपाका मानबहादुर शाहीले १ हजार २५१ मत ल्याएका छन् । 

प्रकाशित: २३ फाल्गुन २०८२ ०८:१७ शनिबार