राजनीति

मन्त्रिपरिषदको बैठक सिंहदरबारमा जारी

नेपाल सरकार मन्त्रिपरिषदको बैठक जारी छ ।  

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा जारी बैठकमा निर्वाचनका कामका विषयमा छलफल भइरहेको छ ।  

यो नियमित मन्त्रिपरिषद बैठक हो ।  

आजको बैठकमा देशभर निर्वाचनको माहौलसँगै चुनावी प्रचार बढेपछि हुन सक्ने आचारसंहिता विपरीतका काम तथा सुरक्षा संवेदनशीलताका विषयलाई केन्द्रमा राखेर बैठकले निर्णय गर्ने बुझिएको छ ।

 

प्रकाशित: १२ माघ २०८२ १५:४९ सोमबार