संविधानविद् डा.विपिन अधिकारीले वर्तमान सरकार गठन हुँदा संविधानको बाटो छाडेको बताएका छन्। बुधबार नागरिक फ्रन्टलाइन संवादमा डा. अधिकारीले तर, यसो नभएको भए राम्रो हुने बताएका हुन्।
‘आन्दोलनकारीहरूले प्रतिनिधिसभामा रहेका ठुला दलका शीर्ष नेता मान्ने अवस्था थिएन, दोस्रो तहका थिए। त्यसभन्दा बाहिरका थिए,’ अधिकारीले भने, ‘तर त्यसो हुन सकेन्। यसमा हामीले संविधान छाडेकै हो। त्यसो नभएको भए राम्रो हुन्थ्यो।’
शासकहरूमा पनि शासितलाई हेर्ने प्रस्ट दृष्टिकोण नभएकाले पनि क्षति भएको उनले बताए। राष्ट्रपति पौडेल भने सकभर संविधानसम्मत बाटोबाटै जान चाहेको आफूले देखेको उनले बताए।
‘संविधानका लागि यत्तिको डिपार्चर ठिकै होला भन्ने उहाँको बुझाइ थियो होला,’ उनले भने।
प्रकाशित: १ आश्विन २०८२ १९:२३ बुधबार