राजनीति

संविधानले सुशासन र समृद्धिको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न मार्गनिर्देश गर्छः मुख्यमन्त्री पाण्डे

गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले दिगो शान्ति, सुशासन, विकास र समृद्धिको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न संविधानले मार्गनिर्देश गरेको बताएका छन्।

संविधान दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले सङ्घर्ष, त्याग र बलिदानको जगमा निर्माण भएको संविधान सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको मूल आधारशीला रहेको उल्लेख गरेका छन्।

'संविधानले नागरिक स्वतन्त्रता, मौलिक हक, मानव अधिकार, समानता, सामाजिक न्याय, समावेशिता तथा लोकतान्त्रिक मूल्य मान्यतालाई संस्थागत गर्दै दिगो शान्ति, सुशासन, विकास र समृद्धिको राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने मार्गनिर्देशन गरेको छ', शुभकामना सन्देशमा उल्लेख छ।

प्रकाशित: ३ आश्विन २०८३ १०:२७ शनिबार