नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का संयोजक पुष्पकमल दाहालले प्रतिनिधिसभा सदस्यको निर्वाचन समय भइ जेनजीका माग सम्बोधन गर्ने गरी संविधान संशोधन हुनुपर्नेमा जोड दिएका छन्।
रामगोपालपुर नगर कमिटीको आयोजनामा आज पार्टी प्रवेश कार्यक्रममा उनले मुलुक अहिले जटिल अवस्थामा रहेको उल्लेख गर्दै त्यसको समाधान निर्वाचन भएको बताए। 'सङ्घीय लोकतान्त्रिक गणतन्त्र, समावेशिता, पहिचान र अधिकारको पक्षमा एकजुट भएका सबै राजनीतिक दल, नागरिक समाज र आम जनता एक हुनुको विकल्प छैन,' उनले भने। उनले जेनजीले उठाएका विभिन्न मुद्दा सम्बोधन हुनुपर्नेमा पनि जोड दिए।
उनले देशभित्र रहेका सबै वामपन्थी र कम्युनिस्ट दलबीच एकता आवश्यक रहेको पनि आवश्यकता औँल्याए।
प्रकाशित: ५ कार्तिक २०८२ १९:०५ बुधबार