नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ कार्यसमिति अद्यावधिकका लागि निर्वाचन आयोगमा निवेदन दिएको छ।
पार्टी महामन्त्री प्रदीप पौडेलले सोमबार पार्टीको १५औँ महाधिवेशनबाट निर्वाचित सभापति सभापति गगनकुमार थापा नेतृत्वको केन्द्रीय कार्यसमिति अद्यावधिकका लागि निर्वाचन आयोगमा निवेदन दिएका हुन्।
महामन्त्री पौडेलले निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीको उपस्थितिमा आयोगका सचिव कृष्णप्रसाद काप्रीलाई १५ औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको विवरण बुझाए।
राजनीतिक दलसम्बन्धी ऐनको दफा–५१ अनुसार महामन्त्री पौडेलले कार्यसमितिको विवरणसहित पार्टीका अन्य दस्तावेज आयोगमा बुझाए। उनले कांग्रेसको विधान संशोधनसम्बन्धी विवरण, महाधिवेशनबाट पारित राजनीतिक दस्तावेज, समसामयिक राजनीतिक दस्तावेज तथा महाधिवेशनका निर्णयहरू आयोगलाई बुझाएका हुन्।
प्रकाशित: १७ कार्तिक २०८३ १०:५४ मंगलबार