नेपाली कांग्रेसका केन्द्रीय प्रवक्ता डा. प्रकाशशरण महतले जिल्लाका नेताहरूले भरमग्दूर प्रयास गर्दा पनि क्रियाशील सदस्यता भर्ने काम नसकिएको बताएका छन्। बिहीबार बसेको कांग्रेस कार्यसम्पादन समितिको बैठकपछि पत्रकारसँग कुराकानी गर्दै प्रवक्ता महतले यस्तो बताएका हुन्।
महतले सदस्यता व्यवस्थापन समितिको संयोजक महामन्त्री गगन थापा नै भएकाले गैह्रजिम्मेवार अभिव्यक्ति नदिन पनि आग्रह गरे।
‘धेरै ठाउँमा क्रमसंख्या नभएको क्रियाशील सदस्यता फारम गएको हुनाले फेरि पठाउनुप¥यो। त्यसले समयमा फारम भरेर बुझाउनसकेको अवस्था छैन,’ महतले भने, ‘भरेर मात्र हुँदैन। त्यसलाई इन्ट्री नि गर्नुपर्छ। धेरै जिल्ला कार्यालयको अवस्था तहसनहस भएकाले त्यो सहज भएन।’ यस्ता समस्याले सदस्यतामा वितरणमा ढिलाइ भएको उनले बताए।
‘यि सबै कुराले क्रियाशील सदस्यता वितरणमा जिल्लाका साथीहरूले आफ्नो भरमग्दूर प्रयास गर्दागर्दै पनि सबैठाउँमा एकनास ढंगलले सम्पन्न हुनसकेको छैन,’ महतले भने।
त्यसैले तोकिएको समयमा महाधिवेन गर्ने कुरामा सबैको प्रयास हुँदाहुँदै पनि असहज भएको उनले बताए। उनले अगाडी भने,‘क्रियाशील नटुंगेकाले महाधिवेशनको कार्यतालिका प्रभावित हुने देखिएको छ।’
प्रकाशित: १० पुस २०८२ १६:२९ बिहीबार