राजनीति

कांग्रेसको कार्यसम्पादन समितिको बैठक बुधबार

नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक बुधबार बस्ने भएको छ। कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार बैठक दिउँसो २ बजे सानेपास्थित केन्द्रीय कार्यालयमा बस्नेछ।

निर्वाचनको समीक्षा गर्न विभिन्न जिल्लामा रहेका शीर्ष नेताहरू मंगलबार साँझसम्ममा काठमाडौं फर्कने भएकाले बैठक बुधबारका लागि बोलाइएको दुलालको भनाइ छ। बैठकका एजेन्डा सार्वजनिक नगरिए पनि निर्वाचनको समीक्षा गरिरहेको कांग्रेसले कार्यसम्पादन समितिमा त्यसको निष्कर्ष, प्रतिनिधि सभामा संसदीय दलको नेता चयनलगायत विषयमा छलफल गर्नेछ।

प्रकाशित: ३० चैत्र २०८२ १२:५४ सोमबार