राजनीति

कांग्रेस काठमाडौं क्षेत्र नम्बर ६ बाट उम्मेदवार सिफारिस

नेपाली कांग्रेस प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिमा काठमाडौं ६ बाट आसन्न निर्वाचनको लागि उम्मेद्वाहरू सिफारिस भएको छ। निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेस प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिले सबै तहको संयुक्त बैठक राखी पार्टीभित्र आन्तरिक छलफल, भेटघाट तथा परामर्श गरी उम्मेद्वारहरूको सिफारिस गरेको हो।  

सिफारिस अनुसार, प्रत्यक्षतर्फ कृष्ण सबुज बाँनिया, सुभाष अधिकारी, श्यामकृष्ण खड्गी, लक्ष्मण के।सी, सुसन वैद्य, मनोज भण्डारी, माधव तिमिल्सेना, कृष्णमान श्रेष्ठ, रवि के.सी., इन्दिरा चौलागाईं र अम्बिका शर्मा छन्। त्यसैगरी समानुपातिकतर्फ भिमसेन दास प्रधान, जीवन डंगोल, सावित्री राजभण्डारी, लक्ष्मण महर्जन, पशुपति गुरुङ, रामबहादुर रजक (रम्बा), मुजादिन मिजान, यासिवा रहमान र गोविन्द परियारको नाम सिफारिस भएको छ।  

कांग्रेस बैठकले माघमा हुने भनिएको राष्ट्रिय सभा निर्वाचनका लागि डा. शिवचन्द्र शाहीको एकल नाम सिफारिस गरेको कांग्रेस क्षेत्रीय कार्यालयले जनाएको छ। 

प्रकाशित: २८ मंसिर २०८२ १९:२१ आइतबार