राजनीति

कांग्रेस सभापति देउवा भेट्न पुगे एमाले अध्यक्ष ओली

जेन-जी आन्दोलनपछि राजनीतिक सम्वाद बाहिर रहेका दलका नेता भेटवार्तामा जुट्न थालेका छन् ।  

लामो समय औपचारिक भेटवार्ता नगरेका तत्कालीन सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आज भेटवार्ता हुँदैछ ।  

देउवालाई भेट्न ओली देउवा निवास महाराजगञ्ज पुगेको ओलीको सचिवालयले जनाएको छ ।  

दुई नेताबीच पछिल्लो राजनीतिक गतिविधि, पार्टीभित्र र बाहिरका विषय तथा निर्वाचनसँग जोडिएका विषयमा छलफल हुने बताइएको छ । 

प्रकाशित: १९ मंसिर २०८२ १६:०४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App