राजनीति

कांग्रेस पदाधिकारी बैठक बस्दै, मन्त्रीहरू पनि सहभागी हुने

प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारीको बैठक आह्वान गरेका छन्।

कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार सभापति देउवाले शुक्रबार (भोलि) बिहान ९ बजे बूढानीलकण्ठमा बस्नेगरी बैठक आह्वान गरेका हुन्।

बैठकमा पार्टीका तर्फबाट सरकारमा मन्त्री रहेका नेताहरू पनि सहभागी हुनेछन्। बैठकमा पार्टी र पार्टीभित्र देखिएका असन्तुष्टि, एमालेसँगको सहकार्य, सरकारलगायतका विषयमा छलफल हुने बताइएको छ।

प्रकाशित: ८ श्रावण २०८२ १८:१३ बिहीबार

#sherbahadur deuba NagarikNews