राजनीति

कांग्रेस बैठकमा सभापति थापाको राजीनामाबारे छलफल

कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा सहभागी पदाधिकारी । तस्बिर: दिपेश दर्शनधारी/नागरिक

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा सभापति गगनकुमार थापाले दिएको राजीनामा सम्बन्धमा छलफल सुरु भएको छ।  

बैठकको अध्यक्षता गरिरहेका उपसभापति विश्वप्रकाश शर्माले पेस गरेको उक्त प्रस्तावमा सदस्यहरुले धारणा राख्ने क्रम सुरु भएको हो। सभापति थापाले बिहीबारमात्रै पदबाट राजीनामा दिएका थिए। सहभागी एक नेताका अनुसार, बैठकले सभापति थापाको राजीनामा अस्वीकृत गर्ने सम्भावना छ।  

यस्तै बैठकमा प्रतिनिधिसभा सदस्य निर्वाचनको समीक्षा पनि हुनेछ। अघिल्लो संसदमा पहिलो दल रहेको कांग्रेस यो निर्वाचनमा ३८ सिटमा सीमित भएको छ। निर्वाचनमा हारको नैतिक जिम्मेवारी लिँदै थापाले पदबाट राजीनामा दिएका हुन्। 

प्रकाशित: ६ चैत्र २०८२ १५:०७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App