राजनीति

ओली-लेखक पक्राउको धारणा बनाउन छलफलमा जुट्यो कांग्रेस

सरकारले एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता रमेश लेखकलाई पक्राउ गरेपछि उत्पन्न परिस्‍थितिको समीक्षा गर्न र पार्टीको धारणा बनाउन नेपाली कांग्रेसका नेता छलफलमा जुटेका छन् ।  

तत्कालीन सरकारका सत्ता साझेदार एमाले र कांग्रेस थिए । एमाले अध्यक्ष ओली सरकारका प्रधानमन्त्री थिए भने कांग्रेस नेता लेखक गृहमन्त्री थिए ।  

एमालेले बिहानै सचिवालय बैठक बोलाएर देशव्यापी प्रदर्शन गर्ने निर्णय गर्ने भने कांग्रेस अब छलफलमा छ । कांग्रेसले आधिकारिक धारणा नल्याउँदा संस्थापन इत्तरपक्षका नेताले छलफल थालेका थिए ।  

आजै नेपाली कांग्रेसले पार्टी कार्यालय सानेपामा प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूलाई अभिमुखीकरण सुरु गरेको छ । पार्टीका तर्फबाट प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्ष तथा समानुपातिकतर्फ निर्वाचित र राष्ट्रियसभाका नवनिर्वाचित सदस्यहरूका लागि ‘संसदीय सचेतना’का लागि पार्टीको केन्द्रीय कार्यालयमा अभिमुखीकरण गरेको थियो ।  

प्रकाशित: १४ चैत्र २०८२ १७:०१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App