राजनीति

आउने चुनौती सामना गर्न कांग्रेस तयार छ: डा कोइराला

नेपाली कांग्रेसका पूर्वमहामन्त्री एवम् राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा शशांक कोइरालाले राष्ट्र सामु देखिएका चुनौतिहरुको सामना गर्न र नेपाली कांग्रेसका सम्पूर्ण साथीहरुलाई एकतावद्ध गर्नु भेलाको मूल उद्देश्य रहेको बताएका छन्। 

राष्ट्रिय भेला आयोजक समितिका तर्फबाट पत्रकार सम्मेलन गर्दै संयोजक डा कोइरालाले राष्ट्रियता, लोकतन्त्र र समाजवादका मूलभूत सिद्धान्तमा आधारित भई पार्टीलाई नयाँ कार्यदिशा सहित नयाँ जीवन दिने दृढ संकल्प व्यक्त गरेका छन्।  

पत्रकार सम्मेलनमा डा कोइरालाले मुलूकको वर्तमान राजनीतिक परिस्थितीमा पार्टीको सम्पूर्ण एकता सहित भावी कार्य दिशा तय गर्न श्रावण २९ देखी ३१ गतेसम्म काठमाण्डौमा आयोजना गरिएको राष्ट्रिय भेला नरोकिने पनि स्पष्ट पारे। 

उनले सो भेलालाई सभापति शेरबहादुर देउवाले सम्बोधन गर्ने उल्लेख गरेका छन्। डा कोइरालाले कांग्रेस केन्द्रीय कार्यसमितिको आधिकारिता सम्वन्धी मुद्दामा  सर्वोच्च अदालतले पुनरावलोकनका लागि दिएको अनुमतिलाई स्वागत गर्दै पुनरावलोकनबाट आफूहरूले  न्याय प्राप्त हुने कुरामा विश्वस्त रहेको बताएका छन्। 

प्रकाशित: २२ श्रावण २०८३ १५:०४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App