राजनीति

कांग्रेसले तोक्यो १९ पदाधिकारीको वरीयता, को कति नम्बरमा ?

नेपाली कांग्रेसले १५औँ महाधिवेशनबाट निर्वाचित १९ जना पदाधिकारीको वरीयता निर्धारण गरेको छ। बिहीबार महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरूको शपथपछि पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकले वरीयता तोकेको हो।

निर्धारित वरीयताअनुसार सभापति गगन थापा पहिलो नम्बरमा छन्। वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा दोस्रो र महिला उपसभापति पुष्पा भुसाल तेस्रो नम्बरमा छन्।

पार्टीले निर्धारण गरेको पदाधिकारीहरूको वरीयता सूची यस्तो छ :

१. गगन थापा - सभापति

२. विश्वप्रकाश शर्मा - वरिष्ठ उपसभापति

३. पुष्पा भुसाल - महिला उपसभापति

४. डा. चन्द्रकान्त भण्डारी - उपसभापति

५. मधु आचार्य - उपसभापति

६. विनोद चौधरी - उपसभापति

७. प्रदीप पौडेल - महामन्त्री

८. डा. डिला संग्रौला पन्त - महामन्त्री

९. उदयशमशेर राणा - महामन्त्री

१०. बहादुर सिंह लामा - सहमहामन्त्री

११. योगेन्द्र चौधरी - सहमहामन्त्री

१२. प्रकाश स्नेही रसाइली - सहमहामन्त्री

१३. जीवन शाही - सहमहामन्त्री

१४. अजय चौरसिया - सहमहामन्त्री

१५. आङ्गेलु शेर्पा - सहमहामन्त्री

१६. रामहरि खतिवडा - सहमहामन्त्री

१७. प्रतिमा गौतम - सहमहामन्त्री

१८. अजयबाबु सिवाकोटी - सहमहामन्त्री

१९. मनोजमणी आचार्य - सहमहामन्त्री

२०. डा. फिरदोस आलम - सहमहामन्त्री

वरीयता सूचीअनुसार उपसभापतिहरूपछि महामन्त्रीहरू र त्यसपछि सहमहामन्त्रीहरू रहेका छन्। पार्टीले पदाधिकारीहरूको जिम्मेवारी र वरीयता निर्धारण गरेसँगै संगठनात्मक कामकारबाहीलाई व्यवस्थित बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

प्रकाशित: १२ कार्तिक २०८३ १९:०७ बिहीबार