राजनीति

कांग्रेस महामन्त्री गगन र विश्वले भने : संविधान बमोजिम वैधानिक बाटोबाट नै अगाडिको यात्रा

जेनजी आन्दोलनपछि प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएपछि मुलुकको राजनीतिक कुन बाटोबाट अघि बढ्ने भन्ने अन्योल देखिरहेको अवस्थामा संसदको प्रमुख दल नेपाली कांग्रेसले ‘संविधान बमोजिम वैधानिक बाटोबाट नै अगाडिको यात्रा तय’ गर्नुपर्ने बताएको छ। नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्व प्रकाश शर्माले संयुक्त विज्ञप्ति प्रकाशित गर्दै यस्तो बताएका हुन्।

आन्दोलनपछि राष्ट्रपति रामचन्द्र पौडेलले वार्ताका लागि आह्वान गरेका छन्। कपितयले संसद विघटनको चर्चा र संसद बाहिरबाट प्रधानमन्त्री बनाउनुपर्ने चर्चा गरिरहेको बेला नेपाली कांग्रेसले वर्तमान संविधान भित्रबाटै निकास खोज्न आग्रह गरेको छ। महामन्त्रीद्वय थापा र शर्माले प्रकाशित गरको विज्ञप्तिमा भनिएको छ, ‘आवश्यकताको सिद्धान्त’ बमोजिम हुने निर्णयलाई पनि संविधान बमोजिम वैधानिक बाटोबाट नै अगाडिको यात्रा तय गर्न सकिन्छ र गर्नुपर्छ भन्ने कुराको स्मरण गराउन चाहान्छौं। ’ 

कांग्रेसले विधि विहीनताले थप अराजकता निम्त्याउँछ भन्ने स्मरण गराउँदै वार्ताका क्रममा राष्ट्रपति र जेनजी पक्षलाई आग्रह गरेका छन्।

अब देश चलाउन र निर्वाचन गर्न नयाँ राजनीतिक संरचना बनाउँदा देशमा लामो संवैधानिक रिक्तता र शून्यता आउन नदिन हरसम्भव वैधानिक उपाय अपनाउन पनि आग्रह गरेका छन्। ‘संविधान र लोकतान्त्रिक बाटोबाट नै समाधान खोज्दै यो बेथितिको अन्त्यको मार्गचित्र तय गरियोस्,’ उनीहरूले भनेका छन्, ‘त्यसमा हाम्रो समर्थन रहनेछ।’

प्रकाशित: २५ भाद्र २०८२ १८:५१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App