नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदानअघि केन्द्रीय निर्वाचन समितिले सबै उम्मेदवारसँग छलफल गर्ने भएको छ।
निर्वाचन व्यवस्थापनका विषयमा छलफल गर्न निर्वाचन समितिले सभापति, उपसभापति र महामन्त्री पदका सबै उम्मेदवारलाई बोलाएको हो।
निर्वाचन समितिका अनुसार बिहान ११ः३० बजे राष्ट्रिय सभागृहस्थित निर्वाचन कार्यालयमा उम्मेदवारहरूसँग छलफल हुनेछ।
प्रकाशित: २२ आश्विन २०८३ ११:४९ बिहीबार