नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा दिउँसो साढे १२ : ३० बजेसम्म २ हजार ६४४ मत खसेको छ। मतदान निर्बाध रूपमा भइरहेको महाधिवेशनको मिडिया सेन्टरले जनाएको छ। नयाँ नेतृत्व चयनका लागि महाधिवेशनमा सहभागी ७ हजार २५५ प्रतिनिधिले मतदान गर्नेछन्।
मिडिया सेन्टरका अनुसार दिउँसो साढे १२ बजेसम्म कोशी प्रदेशबाट ४१०, सुदूरपश्चिम र कर्णालीबाट ६०६, लुम्बिनीबाट ३८९, गण्डकीबाट ३३०, बागमतीबाट ४८७ र मधेस प्रदेशबाट ४२२ मत खसेको छ।
महाधिवेशन प्रतिनिधिहरूले सभापतिसहित केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्य चयनका लागि मतदान गरिरहेका छन्।
प्रकाशित: २३ आश्विन २०८३ १३:०९ शुक्रबार